नियम ३२
निर्जीवन बिमाको दाबी भुक्तानी प्रक्रिया
(१) निर्जीवन बिमा गर्ने बिमितले बिमा लेख बमोजिमको दाबी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बिमकसमक्ष निवेदन दिनुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम निर्जीवन बिमाको दाबी भुक्तानीको निमित्त बिमितको निवेदन प्राप्त भएमा बिमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बिमकसमक्ष पेश गर्नुपर्ने छ र त्यसबारे बिमा लेखको शर्त तथा सुविधाको अधीनमा रही बिमितले पाउन सक्ने रकम उल्लेख गरी बिमितलाई जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेश गरेको साधारणतया पैंतीस दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितिलाई निर्जीवन बिमाको दाबी भुक्तानी गर्नुपर्ने छ ।